विशेष अदालतमा उपस्थित पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान चलिरहेको छ ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा विशेष अदालतमा नेपालको बयान चलिरहेको हो ।

इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला छन् ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

यही मुद्दामा बिहीबार अदातलमा उपस्थित हुन पाउँ भन्दै नेपालले मंगलबार अदालतमा निवेदन दर्ता गराएका थिए । बयान सकेर आजै थुनछेक बहसको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर