संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मङ्गलवार बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्म गुरुद्वारा निर्मित ‘शान्ति घण्टी’ को उद्घाटन गर्नुभएको छ ।कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा तयार पारिएको डेढ टनको घण्टी विश्व शान्तिको कामना गर्दै बजाएर उद्घाटन गरिएको हो ।

१०८ बुद्ध समाज तीर्थयात्रा प्रार्थना समूहका सदस्यहरु, नेपाल लुम्बिनी विकास समितिको आयोजनामा शान्तिका लागि प्रार्थना गर्न कोरियाली घण्टी बजाउँदै घण्टी उद्घाटन समारोह गरिएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री किराँतीले बुद्ध भूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिइएको बताउनुभयो ।

भिक्षुहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीहरूबिचको निस्वार्थ सम्बन्धलाई थप प्रगाढ बनाएको मन्त्री किराँतीले बताउनुभयो । उहाँले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घण्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) का तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घण्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरु सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरूलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर