साताकाे पहिलाे काराेबारका दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ।

आइतबार सुन ताेलामा ११०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार आज सुन ताेलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे।

यस्तै, आज चाँदीकाे मूल्य पनि बढेकाे छ। आइतबार चाँदी ताेलामा ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँमा काराेबार भएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर