प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला दलको मिलेमतोमा संसद्लाई बिचौलियाको खेलमैदान बनाइँदै लगिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाए ।

उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै आलोचना गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले दुई ठूला दलहरूको मिलेमतोले संसद्लाई ‘बिचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरेका छन् ।

लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर