प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ गरेको छ ।

बिहीबार विहान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर संकल्प यात्राको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँको भनाइ थियो ।

सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर