बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो ।

वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६५ रुपैयाँ पुगेको हो । यसअघि सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर