रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । २८ जना यात्रु सवार विमान सम्पर्कबिहीन भएको समाचार संस्था एएफपीले जनाएको छ ।

एएन–२६ जहाजमा २२ यात्रु र ६ चालक दलका सदस्य रहेको बताइएको छ । उक्त जहाज पेट्रोपाभलोभ्स्क–काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालनामा जाँदै थियो ।

अवतरणको क्रममा जहाजको ट्राफिक कन्ट्रोलबाट समपर्कविच्छेद भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएको छ ।

जहाज सम्पर्कबिहीन हुनाको कारण भने खुलाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर