राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवाको रमादा होटलमा बस्दैछ।
बैठक अपरान्ह १ बजेदेखि ४ बजेसम्मका लागि आह्वान गरिएको उक्त बैठक भैरहवामा पहिलोपटक आयोजना गर्न लागिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा विशेषगरी उपनिर्वाचनसँग सम्बन्धित विषयहरूमा केन्द्रित रही रणनीतिक छलफल हुनेछ।










