कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु भएको छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन सुरु भएको हो ।

संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन्।

संसदीय दलका नेता लामा विरुद्ध हिजो (मङ्गलबार) मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो ।

तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान हुन लागेको हो ।

कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ । जसमध्ये बानियाँ पक्षमा २२ सांसद देखिएका छन् भने तामाङको पक्षमा १५ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर