मानव सेवा आश्रम, बागलुङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-३ किनारा टोलमा रहेको आश्रममा शुक्रबार बिहान ७ बजे आगलागी भएको हो ।

आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको जानकारी दिनुभएको थियो । नयाँ ग्यास जोड्दा ग्यास लिक भएर आगलागी भएको मानव सेवा आश्रमका सञ्चालक विपना तामाङले जानकारी दिनुभयो ।‘आगलागी सुरु भएपछि हामीले तत्काल त्यहाँ भएको दुई वटा ग्यास सिलिण्डर हटाएका थियौँ, उहाँले भन्नुभयो।

आगलागीले भान्छामा भएको फ्रिज र केही सामान नष्ट भएको छ । घटना घटेको २० मिनेटपछि मात्र प्रहरी आएको थियो । आगलागी भएको आधा घण्टा हुँदा पनि बागलुङ नगरपालिकाको दमकल आउन सकेन । दमकल चालकको मोबाइलमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर