काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।