‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन्।

बुधबार राजधानीस्थित याक एण्ड यति होटलमा सम्पन्न प्रतिस्पर्धामा १५ जना अन्तिम प्रतिस्पर्धीहरू मध्ये ठकुरीले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै उनलाई करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरेका थिए ।

‘मिस भिवा-२०२५’ मा निसिता जोशी फस्र्ट रनर-अप, निशा श्रेष्ठ सेकेन्ड रनर-अप, आस्मा रिजाल थर्ड रनर-अप र टिना परियार फोर्थ रनर-अप बने।

साथै, प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई विभिन्न उपाधिहरू प्रदान गरिएका थियो । जसमध्ये ‘मिस आइसिटी अवार्ड’ आस्मा रिजालले, ‘मिस ब्यूटिफुल स्किन’ र ‘बेस्ट इन इभिनिङ गाउन’ जेशिका सिंह ठकुरीले, ‘मिस बेस्ट मेकअप लुक’ निशा श्रेष्ठले, ‘मिस बेस्ट इन स्विमसुट’ टिना परियारले र ‘मिस इको क्विन’ आकृति घिमिरेले जित्न सफल भएकी छन्।
कार्यक्रममा ‘मिस ग्रान्ड इन्डिया-२०२५’ की विजेता विशाखा कंवरको पनि विशेष सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर