बंगलादेशविरूद्ध भदौ २१ र भदौ २४ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा नेपाली टोली घोषणा गरेका हुन्। दुवै खेल नेपालको दशरथ रंगशालामा हुनेछन्।

एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ।

समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्। नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।

नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो। नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। नेपाली टोली किरण चेम्जोङ (कप्तान), दीप कार्की, टिकेंद्र थापा, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन बिष्ट, अरिक बिष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ, योगेश गुरुङ मुख्य प्रशिक्षक: म्याट रस

प्रतिक्रिया

सम्बन्धित खवर