
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेका छन्।
भदौ १२ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।
साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार बुकक्लोज गर्ने निर्णय पनि गरेको छ।
यसर्थ भदौ १९ गतेसम्म कायम इकाईधनीहरुले यी दुबै फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।