
अनार एउटा यस्तो फल हो, जसका धेरै गुणहरू छन् । अनारमा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले धेरै प्रकारका दीर्घकालीन रोगहरूबाट टाढा रहन मद्दत गर्छ भन्ने धेरै अनुसन्धानहरूमा प्रमाणित भएको छ।
हेल्थलाइन प्रतिवेदनमा भएको अनुसन्धानका अनुसार अनारले मुटुको स्वास्थ्य, पिसाबको स्वास्थ्य, मधुमेह, मोटोपना जस्ता दीर्घकालीन रोगहरूलाई निको पार्छ। अनारको नियमित सेवनले क्यान्सरको जोखिम पनि कम गर्ने अनुसन्धानले देखाएको छ ।
अनारमा धेरै प्रकारका भिटामिन, फाइबर, हेल्दी फ्याट, प्रोटिन, म्याग्नेसियम, पोटासियम, फस्फोरस, एन्टिअक्सिडेन्ट र पोलिफेनोल पाइन्छ जसले मस्तिष्कमा सुरक्षात्मक प्रभाव बढाउँछ। यी यौगिकहरूले अक्सिडेटिभ तनाव
कम गर्दछ, जसको कारण मस्तिष्क स्वस्थ र शान्त रहन्छ।
१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।
२.अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।३. अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
४. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
५. अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
६. अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
७. अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।
८. गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
९. बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।
१०. अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।