‘नेपाल आइडल सिजन–६’को उपाधि हासिल गरेकी गंगा सोनामको पहिलो पटक रेकर्ड गरिएको गीत ‘गुनासो’ सार्वजनिक भएको छ ।

गीतमा प्रदीप चापागाईंको शब्द र लेखु सहयात्रीको संगीत छ ।

गीतको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री सनिशा भट्टराईको अभिनय छ, जसलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रेमकथामा बनाइएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ । गीतकार प्रदीप चापागाईंको अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो बाहिर ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर