काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो ।

पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर