१२ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ ।

एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको गीतलाई पवित्रा घिमिरेले लेखेकी हुन् ।
गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् ।

आलोक शुक्लाले खिचेको गीतमा शीर्ष कलाकार फिचर्ड छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरले अभिनय गरेका छन् ।

सार्वजनिक गीत नेपाली दर्शक श्रोताका लागि विभिन्न रमाइलो जमघटका लागि नृत्यप्रधान हुने पक्का छ । यो फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन् ।

कार्यकारी निर्मातामा हिक्मत चोखाल छन् । अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथालाई निर्देशक पौडेलले लेखेकी हुन् ।

अहिले सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्मको पोस्ट-प्रोडक्सन भैरहेको छ ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर