नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साइबर अपराधसम्बन्धी मुद्दामा केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा डेढ घण्टासम्म लिखित बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशनपछि बुधबार बिहान उनी ब्युरोमा उपस्थित भएर बयान दिएका हुन्।
उनी बयान दिएर भर्खरै निस्किएको अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।
ब्युरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित रूपमा सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको जवाफ दिएका हुन्।
स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार पारेका प्रश्नमा बस्नेतले इन्कारी बयान दिएका छन्।
बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अघि नबढेपछि केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको हो।










