
साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज बजार २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३१३ कम्पनीको १ करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा १२ उपसूचक हरियाली भएको छ ।
आज शिभम् सिमेन्ट्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ३४ लाख ६२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको युनियन हाइड्रोपावरको २७ करोड १२ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको २० करोड ९३ लाख १९ हजार रुपैंया, नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ७ लाख ७ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड ७१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।