नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य नै हाल सम्मको उच्च हो ।

आइतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । असोज २३ गते कायम सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँलाई रेकर्ड ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो ।यस दिन चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ ।

सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्लो समय चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर