चितवनमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु भएको छ । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको उद्योगभित्रको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको हो ।

मृतकहरूमा खैरहनी नगरपालिका–२ का शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने रेशम दराई, र सोही स्थानका कमल गुरुङ रहेका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा दुई जना घाइते भएका छन् । घाइतेहरू पर्सा घर भई रत्ननगर–१२ बस्ने जितेन्द्र महतो र अंकजप्रसाद थारु रहेका छन् । उनीहरूको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार उद्योगभित्रको १० इन्च बाक्लो इँट्टाको पार्टिसन पर्खाल अचानक भत्किँदा घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर