लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष आज दाबी पेस गरेका हुन् ।

कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर पाँच पार्टीद्वारा मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ ।

एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी) पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।

सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसदले समर्थन जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर