निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो ।
उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।










