नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित प्रदर्शन गरेको हो ।

काठमाडौँमा बिहीबार दिउँसो सो पार्टीले प्रदर्शन र सभा गरेको हो ।

जेन जेड आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

अहिले प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर