मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरू आमने सामने भएका छन् ।

मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दल गत सोमबारदेखि निरन्तर धर्नामा बसिरहेका बेला एमाले पनि मुख्यमन्त्रीको समर्थनमा उत्रिएको हो ।

आज एमालेका नेता, कार्यकर्ताले जनकपुरको जनकचोक मन्दिर परिसरमा मुख्यमन्त्री यादवको नियुक्तिको समर्थनमा धर्ना दिएका छन् ।

उनीहरूले संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ भन्ने नारासहित धर्ना दिएका हुन् ।

यता मधेश भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन् ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले २४ कात्तिकमा दलहरुलाई छलेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्ति दिएर होटलमै शपथ खुवाएपछि मधेश अशान्त छ ।

प्रतिक्रिया

सम्बन्धित खवर