साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आज बजार ४.९८ अंकले बढेर २५६१.०८ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा नौ उपसूचक राताम्मै भएको छ ।

आजबरुण हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ४० लाख ४४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सहास उर्जा लिमिटेडको १९ करोड ६० लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आजराधी विद्युत कम्पनीको १५ करोड ९४ लाख ८८ हजार रुपैंया, यूनियन हाइड्रोपावरको ११ करोड ४ लाख ५७ हजार रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको १० करोड ८७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर