नेकपा (एमाले) निकट नेशनल भोलेन्टियर फोर्सले काठमाडौंको बबरमहल क्षेत्रमा भेला भएका छन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर फोर्स घोषणा गर्दैछन् ।

त्यसअघि बबरमहल क्षेत्रमा भेला भएको फोर्स आबद्ध कार्यकर्ताहरूले मार्चपास गरेका हुन्।

उनीहरू अहिले बानेश्वरतर्फ अघि बढिरहेका छन्। फर्किएर आएर बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भेला गर्ने र फोर्स घोषणा गर्ने कार्यतालिका छ।

मार्च पासको अगुवाइ एमालेनिकट युवा संघले गरिरहेको छ। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, रामेश्वर फुयाल, युवा संघ इन्चार्ज राजीव पहारी, रामकुमारी झाक्री लगायत नेता मार्चपासमा छन्।

माइतीघर मण्डल क्षेत्रमा भने जेनजी आन्दोलनका घाइतेहरू भेला भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर