नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचायले पार्टीले मंगलबार दल दर्ता गरेको जानकारी दिए।

उनका अनुसार एमाले प्रतिनिधि सभातर्फ ६६ औं नम्बरमा दर्ता भएको छ। एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन।

अध्यक्ष केपी शर्मा ओलीले भने एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने बताएका थिए। निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ।

त्यसो त एमालेले पछिल्लो समय प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर