नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

दुवैका लागि यो चौथो खेल हो । नयाँ टोली इलाम ३ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ । उसले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको थियो ।

आजको खेलमा विजयी भए इलाम शीर्ष चारमा उक्लनेछ । पहिलो खेलमै काठमाडौंसँग पराजित भएको इलामले त्यसपछि इस्टर्न डर्बीमा एफसी झापालाई हराएर पहिलो जित निकालेको थियो । तर पछिल्लो खेलमा भने इलाम बुटवल लुम्बिनीसँग पराजित भयो ।

उता अपराजित पोखरा ३ खेलबाट ५ अंक सहित तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । पहिलो खेलमा चितवनलाई पराजित गर्दै सुखद सुरुवात गरेको पोखरा त्यसपछि ललितपुर सिटी र झापा एफसीसँग बराबरीमा रोकिएको थियो ।
पोखरा दिनेश राजवंशी र इलाम विकेश कुथुको कप्तानीमा मैदान उत्रनेछ । पोखराको मार्कीमा युवा विंगर आयुष घलान छन भने विकेश नै इलामका मार्की प्लेअर हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर