शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि निर्धारण गरेअनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर