वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको हो । यसअघि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट मूल्यांकन भई आईपीओ निष्कासन भएकोमा सोही पद्दतीबाट निष्कासन गर्नेमा यो दोस्रो कम्पनी हो । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन हुनेछ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता निष्कासन हुन लागेको हो ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणमा सेयर निष्कासन हुनेछ । बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि कम्पनीको सो सेयर मूल्य निर्धारण भएको हो । कम्तीमा ५० कित्ता सेयर भर्नुपर्ने भएकाले यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।

वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा मंसिर २५ गतेसम्म र सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन खुल्नेछ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया फेरि अघि बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर