साताको चौथो कारोबार तथा बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ३.३३ अंकले बढेर १८४१ को विन्दुमा कायम हुन पुगेको हो ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३३ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख १२ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन माउन्टेन इनर्जी नेपालको ६ करोड १८ लाख २२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ५४ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर