साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वढोत्तरी आएको छ । आज बजार १८.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा १२ उपसूचक हरियाली भएको छ ।

आज ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८२ लाख ४५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको लुम्बिनी विकास बैंक १० करोड ३० लाख ४४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख ५९ हजार रुपैंया, सिइडिबी होल्डिङको ९ करोड २४ लाख १३ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ७ करोड ३६ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर