साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ ।
आज सेयर बजारमा गिरावट आउँद पनि स्वस्तिक लघुवित्त र एसवाइ प्यानल नेपालको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










