अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। फिफाले संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा अर्को वर्ष हुने विश्वकपमा सहभागी टोलीहरूलाई दिने पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको हो।
फिफा काउन्सिलले स्वीकृत गरेको कुल ७२७ मिलियन अमेरिकन डलर अब वितरण गरिनेछ। विश्वकप विजेताले ७ अर्ब २८ करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) प्राप्त गर्नेछ। उपविजेताले ४ अर्ब ८१ करोड (३३ मिलियन डलर) पाउनेछ। समूह चरणभन्दा अगाडि बढ्न नसक्ने टोलीहरूले १ अर्ब ३१ (९ मिलियन डलर) प्राप्त गर्नेछन्।
छनोट भएको टोलीले तयारी खर्चका लागि २१ करोड ८४ लाख रुपैयाँ (१.५ मिलियन डलर) पाउनेछन् । जसले गर्दा सबै सहभागी सदस्य संघहरूलाई कम्तीमा २१ करोड ८४ लाख रुपैयाँ ग्यारेन्टी हुन्छ। जसले गर्दा सबै सहभागी सदस्य संघहरूलाई कम्तीमा २१ करोड ८४ लाख रुपैयाँ ग्यारेन्टी हुन्छ।










