नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । १ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने प्रतितोला दुई लाख ५८ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १ सय रुपैयाँ बढेर चार हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला ४ हजार ५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर