धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो। धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छद्धन्।

पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ।
स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए।

४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो। उनी विगत ७ वर्षदेखि लालिगुराँस डटकममा आबद्ध थिए।

प्रतिक्रिया

सम्बन्धित खवर