साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।
आज बजार १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३४५ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।










