सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भए कोमहासंघले जनाएको छ ।










