अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए ।

जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।

मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर