पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
बुधबार पूर्वराष्ट्रपति भण्डारी खनाल निवास डल्लु पुगेर चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
बुधबार बिहानै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपाल पनि जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास पुगेका थिए ।
नेताहरूसँगको भेटमा चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् ।










