दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बम बचाउका लागि अभियान थालिएको छ ।

नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन बुधबार काठमाडौँ पत्रकार सम्मेलन आयोजना गरी देशव्यापी अभियान घोषणा गरिएको हो ।

बम हत्या आरोपमा २२ वर्षदेखि दुबइको जेलमा छन् । उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

उनको जीवन रक्षाका लागि पहिलो चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको अमरबहादुर बम बचाउ अभियानका अभियन्ता जन्मदेव जैसीले बताए ।

आन्दोलनका कार्यक्रममा पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाई बचाउ भनेर अभियान चलाउने, पुस १४ गते राजदूतावासलाइ पत्र बुझाइने अभियानले जनाएको छ ।

त्यस्तै, पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने, पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, पुस २० गते हस्ताक्षर अभियान गर्ने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम समेत घोषणा गरिएको हो ।

यदि पहिलो चरणमा पनि सरकारबाट अमरलाइ बचाउने विषयमा कुनै पहल नभए थप सशक्त कार्यक्रमहरू घोषणा गरिने अभियानले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर