नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ६८ हजार एक रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर