काठमाडौं महानगरपालिका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ।

ललितपुरको कुपण्डोल स्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच भेटवार्ता हुन लागेको हो। दुईबीच भेटवार्ता हुने तय भएको बालेन शाह निकट एक नेताले बताए।

कही दिन अघि दुई जना बीच ६ घण्टा लामो भेटवार्ता भएको थियो।

बालेनले आज बिहान उर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए। लगत्तै उनले रवि लामिछानेसँग भेटवार्ता गर्न लागेका हुन्।

दुईबीच सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय भेटबाट टुङ्गो लाग्ने निकटहरुले जनाएका छन्। बालेन शाहले पछिल्लो समय देश विकास पार्टीबाटै राजनीति अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर