साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले बढोत्तरी आएको छ । आज बजार ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
आज यूनियन हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६० लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज सिनर्जी डेभलपमेन्ट पावरको २२ करोड ७५ लाख ३६ हजार रुपैंया, एसवाइ प्यानल नेपालको १८ करोड ९२ लाख ९६ हजार रुपैयाँ, शिभम् सिमेन्टको १७ करोड १३ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।










