उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ ।

आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको हो ।

निर्वाचन आयोगको क्लस्टर अनुसार अहिले नाम र लिस्ट मिले नमिलेको रुजु भइरहेको छ । ‘जसपा नेपाल र लोसपाबिच हिजो मात्र एकता गर्ने निर्णय भएको थियो ।

तर आज जसपा नेपालको मात्र समानुपातिक बन्दसूची पठाएका छौँ’ सो पार्टीको केन्द्रीय कार्यालय निकट श्रोतले भनेको छ ।

दुई दलबिच एकता घोषणा बएपछि समायोजन लिस्ट बुझाउने श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर