भदौ २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्।

सोमबार आयोगमा उपस्थित भएका उनले उनले आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको जिकिर गरेका हुन् ।

आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आफूले ’कुनै हताहती (क्याजल्टी) नहोस् र संयमता अपनाउनू’ भनी स्पष्ट निर्देशन दिएको दाबी गरेका छन्।

उनले सुरक्षा निकायको अपरेसनल काममा मन्त्रीले हस्तक्षेप नगर्ने र कानुनले पनि त्यस्तो अधिकार नदिएको जिकिर गरेका छन्।

उनले संसद् भवन, सर्वोच्च अदालत र आफ्नै निजी निवास लगायतमा भएको आगजनीलाई ’सुनियोजित षड्यन्त्र’ र ’लोकतन्त्रमाथिको आक्रमण’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर