नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो न्यारोबडी ए–३२० हाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढाएको छ।

निगमले इन्जिन मर्मत तथा भाडा सम्बन्धी विषय टुंग्याउँदै जहाज इजरायल पठाएको हो।निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, इन्जिन मर्मत तथा भाडा खर्च सम्बन्धी विषयमा निगम र इजरायलस्थित ‘इजरायल एरिस्पेस इन्डस्ट्रिज’बीच समझदारी भएको छ।

यो समझदारी दुई पक्षबीच मौजुदा रहेको ‘मेन्टेनेन्स विथ लिज सपोर्ट’ सम्झौताकै आधारमा वार्तामार्फत सम्पन्न भएको निगमले जनाएको छ।

समझदारी अनुसार निगमको उक्त जहाज डिसेम्बर २८ मा काठमाडौँबाट दुबईको नियमित उडान भरेर गएको छ।

दुबईबाट उक्त जहाज डिसेम्बर २९ मा इजरायलको तेल अविब पुग्ने कार्यक्रम तय गरिएको छ।

इजरायलमा इन्जिन जडान तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपश्चात् आगामी जनवरी महिनाको दोस्रो साता जहाज इजरायलबाट नेपाल फिर्ता ल्याउने तालिका रहेको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर