साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आज १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको हो ।
आज ग्रिन भेन्चर्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ७९ लाख ३ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बन्दीपुर केवलकारको १५ करोड ८८ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज श्रीनगर एग्रिटेकको १३ करोड ५८ लाख ४६ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९१ लाख ५९ हजार रुपैयाँ, शिभम् सिमेन्ट्सको १२ करोड ४३ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।










